logo

२०८३ असार १७ बुधबार

logo
  • २०८३ असार १७ बुधबार
  • विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित, एम्बाप्पेले गरे २ गोल

    748Shares
    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित, एम्बाप्पेले गरे २ गोल

    काठमाडौँ, असार १७ गते । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्‍यो ।

    फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्नुभयो भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गर्नुभयो । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।

    अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । साथै बसुधबार बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबिच खेल हुँदैछ । रासस



    फास्ट न्युज    
  • २०८३ असार १७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट