काठमाडौं, असार १५ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सूचना जारी गर्दै सरकारको निर्णय कार्यान्वयन गर्न सबै आंगिक क्याम्पसलाई विद्यार्थी संगठनका संरचना हटाउन भनेको हो।
विश्वविद्यालय अनुदान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्राचारका आधारमा जारी सूचनामा शिक्षा क्षेत्रमा रहेको दलीय हस्तक्षेप अन्त्य गर्ने, विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्य उल्लेख गरिएको छ।
सरकारको निर्णयअनुसार विद्यालय तथा विश्वविद्यालय परिसरबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्र गठन गर्नुपर्ने व्यवस्था गरिएको छ। त्रिविले सोही निर्णय कार्यान्वयन गरी भएको प्रगतिबारे यथाशीघ्र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयलाई जानकारी गराउन सबै आंगिक क्याम्पसलाई अनुरोध गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया