logo

२०८३ असार १४ आईतवार

logo
  • २०८३ असार १४ आईतवार
  • समता करले गरिब तथा भुइँमान्छे वर्गलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले

    757Shares
    समता करले गरिब तथा भुइँमान्छे वर्गलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले

    काठमाडौँ ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा आर्थिक विधेयक, २०८३ माथि छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले नेपालका करिब ८० प्रतिशत बालबालिका गैरनिजी विद्यालयमा अध्ययन गर्ने भएकाले उनीहरूलाई यो कर नलाग्ने स्पष्ट पार्नुभयो । केही निजी विद्यालयमा मात्र समता शुल्क प्रस्ताव गरिएको उल्लेख गर्दै उहाँले त्यहाँ मासिक १० हजार रुपियाँ शुल्क तिर्ने अभिभावकले करिब तीन सय रुपियाँ अर्थात तीन प्रतिशत योगदान गर्ने व्यवस्था गरिएको बताउनुभयो ।

    उक्त रकम सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा भुइँमान्छे, सीमान्तकृत, दलित र न्यून आय भएका समुदायका बालबालिकाको शैक्षिक पहुँच र अवसर विस्तारका लागि खर्च गरिने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार सानासाना योगदान सङ्कलन गरेर सार्वजनिक शिक्षाको उन्नयन गर्ने उद्देश्यसहित समतामूलक नीति अघि सारिएको हो ।समता करको विरोध भइरहेकोप्रति आश्चर्य व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले यस्तो नीति विशेषगरी समानता र सामाजिक न्यायको पक्षमा बोल्ने राजनीतिक दल तथा सांसदहरूले स्वागत गर्नुपर्ने बताउनुभयो ।

    उहाँले मध्यम वर्गमा समता करको असर पर्न नदिन व्यक्तिगत आयकरमा छुट दिएको बताउनुभयो ।उहाँले स्वास्थ्य क्षेत्रमा लगाएको समता कर पनि सोही अनुसार भएको बताउनुभयो ।स्वास्थ्य समता कर मार्फत उठेको रकम स्वास्थ्य क्षेत्रको सुधार गर्ने बताउनुभयो । उहाँले समता कर भुइँमान्छे र गरिबको लागी नै ल्याएको बताउनुभयो । कर लगाएर राजश्व सङ्कलन नगरेमा देश नबन्ने उहाँको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८३ असार १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट