logo

२०८३ असार १० बुधबार

logo
  • २०८३ असार १० बुधबार
  • विश्वकपमा क्रिस्टियानोले बनाए रेकर्ड, लगातार ६ गोल गर्ने पहिलो खेलाडी

    745Shares
    विश्वकपमा क्रिस्टियानोले बनाए रेकर्ड, लगातार ६  गोल गर्ने पहिलो खेलाडी

    एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्बेकिस्तानविरुद्ध उनले दुई गोल गरेपछि यो रेकर्ड बनेको हो। अर्जेटिनी स्टार लियोनल मेसीले ६ वटा विश्वकप खेले पनि सन् २०१० मा गोल गर्न सकेका थिएनन्। रोनाल्डोले सन् २००६ यताका सबै विश्वकपमा गोल गरेका छन्।

    मेसी र रोनाल्डोले सन् २००६ देखिका ६ वटा विश्वकप खेलेका छन्। ६ वटा विश्वकप खेल्ने उनीहरू मात्र दुई खेलाडी हुन्। मंगलबारको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५(० ले पराजित गरेसँगै रोनाल्डोको नाममा समेत नयाँ कीर्तिमान बन्यो। विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान भने मेसीको नाममा छ। जारी विश्वकपको दुई खेलमा उनले पाँच गोल गरिसकेका छन्।



    फास्ट न्युज    
  • २०८३ असार १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट