logo

२०८३ जेष्ठ १ शुक्रबार

logo
  • २०८३ जेष्ठ १ शुक्रबार
  • नेप्सेमा सामान्य वृद्धि, १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा बन्द

    784Shares
    नेप्सेमा सामान्य वृद्धि, १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा बन्द

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य वृद्धि भएको छ । शुक्रबार नेप्से १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा पुगेर बन्द भएको हो ।आज कुल ३३८ कम्पनीका ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर कारोबार हुँदा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र म्युचुअल फन्ड बाहेक अधिकांश क्षेत्रका सेयर मूल्यमा वृद्धि देखिएको छ ।आज नबिल डिबेन्चरको सेयर मूल्य सबैभन्दा बढी ७.७१ प्रतिशतले बढेको छ भने मोदी इनर्जीको सेयर ५.२६ प्रतिशतले उकालो लागेको छ ।

    त्यस्तै, युनियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १४.७९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर अग्रस्थानमा रहँदा अपि पावरको पनि उल्लेख्य कारोबार भएको छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट