logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • सरकारको सूचनापछि एमालेले च्यासल छाड्नै पर्ने भयो, कार्यालयका लागि भवन खोज्दै

    709Shares
    सरकारको सूचनापछि एमालेले च्यासल छाड्नै पर्ने भयो, कार्यालयका लागि भवन खोज्दै

    काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको नाममा रहेको भवन खाली गर्न सरकारले सूचना जारी गरेपछि नेकपा एमालेले नयाँ कार्यालय खोज्न थालेको छ । भोगाधिकार पाएको, तर लिजमा परिणत नभएको जग्गा खाली गर्न भूमि व्यवस्था मन्त्रालयले सूचना जारी गरेको छ । उक्त सूचना बमोजिम च्यासलको कार्यालय पनि खाली गर्नुपर्ने देखिएको छ ।

    प्रतिष्ठानको भवनमा ०७८ देखि एमाले बस्दै आएको छ । ०७२ सालको भूकम्पले बल्खुस्थित भवन भत्किएपछि केही समय धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा एमालेले कार्यालय राखेको थियो । चक्रपथ विस्तारका क्रममा त्यहाँबाट हट्नुपर्ने भएपछि केही समय थापाथली बस्यो । एक व्यापारीको घरमा बस्दा विवादित भएको एमाले च्यासल सरेको थियो । च्यासलमै हुँदा कार्यकर्ताहरूबाट पैसा उठाए पनि एमालेले कार्यालय बनाउने कार्य रोकेको थियो ।

    व्यवसायी मीनबहादुर गुरुङले १० रोपनी जग्गासहित एक अर्बको कार्यालय बनाइदिने भएपछि कीर्तिपुरमा शिलान्यास पनि गरिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र व्यवसायी गुरुङको दम्पतीले २०८१ असोजमा शिलान्यास गरिएको भवनबारे पार्टीभित्रै चर्को विरोध भएको थियो । तर, ओलीको एकलौटी चल्ने एमालेले असहमतिको आवाज उठाउने बिन्दा पाण्डे र उषा किरण तिमल्सेनामाथि नै कारबाही गरेको थियो ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट