logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • प्रतिनिधि सभाबाट अर्याल सभामुख निर्वाचित भएको घोषणा हुने

    901Shares
    प्रतिनिधि सभाबाट अर्याल सभामुख निर्वाचित भएको घोषणा हुने

    काठमाडौं । प्रतिनिधिसभाका नव निर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले आज पद तथा गोपनियताको शपथ लिदैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्न लागेको हो ।
    शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

    सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने प्रतिनिधिसभाको बैठकबाट सभामुख पदमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा हुने छ ।

    आज प्रतिनिधि सभाको बैठकबाट अर्याल निर्वाचित भएको प्रक्रिया पुरा गरेपछि शपथको कार्यक्रम हुने तयारी गरिएको छ । राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थले सूचना जारी गर्दै सभामुखको शपथ कार्यक्रममा उपस्थित हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु र संसद सचिवालयका सचिवहरुलाई आग्रह समेत गरेका छन् । शुक्रबार सभामुखको मनोनयन दर्ता गर्दा अर्यालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए ।

    कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २२, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट