logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • पूर्वयुवराज पारस शाह उपचारका लागि अस्पतालमा, फेरियो पेसमेकर

    862Shares
    पूर्वयुवराज पारस शाह उपचारका लागि अस्पतालमा, फेरियो पेसमेकर

    काठमाडौं । पूर्वयुवराज पारस शाहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो। उपचारमा संलग्न चिकित्सका अनुसार बिहीबार बिहान पेसमेकर फेरिएको हो ।

    ‘मुटुमा समस्या भएको कारणले बैंककमा पेसमेकर हालिएको थियो,’ ती चिकित्सकले भने, ‘ उक्त उपकरणको ब्याट्री सकिएकाले त्यसलाई परिवर्तन गरिएको हो ।’ चिकित्सकका अनुसार शाहको मुटु कमजोर भएपछि पेसमेकर शरीरमा राखिएको हो । ‘अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ । दुई तीन दिनमा डिस्चार्ज गर्न सकिन्छ,’ ती चिकित्सकले भने ।

    पेसमेकर मुटुलाई कृतिम चाल दिने यन्त्र हो । व्यक्तिलाई आवश्यक पर्ने मुटुको चाल मुटुले उत्पादन गर्न नसक्दा शरीरमा पेसमेकर राखिने गर्छ । मुटुले चाल उत्पन्न गर्न नसक्दा रिगाँटा लाग्ने देखि होस् नै हराउने सम्मको अवस्था सिर्जना गर्छ । त्यस्तो व्यक्तिका लागि मुटुको चाल निकाल्नका लागि पेस मेकर उपकरण शरीरमा राखिन्छ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र १९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट