logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • एमालेद्वारा ओली पक्राउको विरोधमा थप आन्दोलन घोषणा, देशव्यापी प्रदर्शन गर्ने

    940Shares
    एमालेद्वारा ओली पक्राउको विरोधमा थप आन्दोलन घोषणा, देशव्यापी प्रदर्शन गर्ने

    काठमाडौं – नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ ।मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गर्दै संगठनमार्फत जनपरिचालन बढाउने रणनीति अघि सारेको हो ।

    आज पार्टी कार्यलय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत दमन गरेको भन्दै आन्दोलनको थप कार्यक्रम ल्याइएको महासचिव शंकर पोखरेलले बताए ।

    घोषित कार्यक्रमअनुसार चैत २५ गतेसम्म जिल्ला तहमा बृहत् भेला गरिनेछ भने चैत २८ गते देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन आयोजना गरिनेछ ।  वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन प्रदर्शन गर्ने कार्यक्रम तय भएको एमालेले बताएको छ ।

    उनका अनुसार वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन एवं सभा आयोजना हुनेछ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र १७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट