logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट

    838Shares
    निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट

    काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ।

    यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार रास्वपाका उम्मेदवार एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेका छन्। हालसम्म सार्वजनिक भएका १६१ निर्वाचन क्षेत्रको नतिजामध्ये नेपाली कांग्रेसका उम्मेदवार १७ क्षेत्रमा निर्वाचित भएका छन्। कांग्रेस एक स्थानमा अग्रस्थानमा छ ।

    यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आठ सिट जितेको छ । एक क्षेत्रमा अग्रता कायम गरेको छ। नेपाल कम्युनिष्ट पार्टीका सात उम्मेदवार निर्वाचित भएका छन् । त्यसैगरी श्रम संस्कृति पार्टी तीन निर्वाचन क्षेत्रमा विजयी भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र उम्मेदवारले एक–एक निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेका छन्।

    समानुपातिक निर्वाचन प्रणालीतर्फ रास्वपाले ३८ लाख २२ हजार ६३२ मतसहित अग्रस्थानमा रहेको छ। त्यसपछि नेपाली कांग्रेसले १२ लाख ८९ हजार ४४८ मत प्राप्त गरेको छ। यसैगरी एमालेले १० लाख ८९ हजार ४४९ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टीले पाँच लाख ६२ हजार ९१४ मत प्राप्त गरेको छ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट