logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु

    829Shares
    हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु

    काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले पाण्डेलाई बधाई दिएका हुन् । उनले आफ्नो पक्षमा मत दिने मतदाताप्रति आभार पनि व्यक्त गरेका छन् ।

    घिसिङले आफूलाई विश्वास गरेर मत दिएका क्षेत्रका मतदाताप्रति कृतज्ञता प्रकट गर्दै मतदाताले देखाएको माया र विश्वास सधैं प्रेरणाको स्रोत रहने बताएका छन् ।

    उनले निर्वाचनको परिणाम जस्तोसुकै भए पनि क्षेत्रको समग्र विकास, सुशासन र समृद्ध नेपाल निर्माणका लागि आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

    यसैबीच,  विजयी उम्मेदवार पाण्डेले १८ हजार ७५७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत ल्याए ।यहाँ कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ३८१६ मत ल्याए । त्यस्तै नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्रै ल्याए ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट