logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग

    922Shares
    चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग

    काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन बिथोल्ने कुनै भूमिगत तत्वको पहिचान हालसम्म नभएको र सुरक्षाको सम्पूर्ण जिम्मा सरकारले लिएको बताएका हुन् ।

    आयोगमा बुधवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । उनले अगाडि भनेका छन्, ‘पुरानो सत्ताबाट नयाँ सत्ताले सरकार गठन गरेर घोषणा भएको यो निर्वाचनमा सुरक्षाको संशय शुरुदेखि नै थियो । सरकार सुरक्षाको सन्दर्भमा बढी संवेदनशील भएर सुरक्षाकर्मी परिचालन भएको होला तर यो नराम्रो लक्षण होइन ।’

    निर्वाचनको पूर्वसन्ध्यामा सडकमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन हुनुलाई निर्वाचन आयोगले सकारात्मक र राम्रो लक्षणको रूपमा लिएको पनि उनले बताए ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट