logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • ‘बा सँग विद्यार्थी कार्यक्रमः ओलीले भने- राजनीतिक संकट अन्त्यका लागि निर्वाचन

    937Shares
    ‘बा सँग विद्यार्थी कार्यक्रमः ओलीले भने- राजनीतिक संकट अन्त्यका लागि निर्वाचन

    दमक। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट अन्त्यका लागि निर्वाचनमा जानुपरेको बताउनुभएको छ । शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बा सँग विद्यार्थी कार्यक्रम’ मा उहाँले देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको प्रष्ट पार्नुभयो ।

    उहाँले एमाले चुनावबाट नभाग्ने बताउँदै देशभरि पार्टी चुनावमा केन्द्रित भएको बताउनुभयो । अध्यक्ष ओलीले आगामी चुनावबाट एमाले पहिलो शक्ति बन्ने र देशमा आइपरेका समस्याहरुको समाधान निकाल्ने बताउनुभयो।

    पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने बताउनुभयो । चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको उहाँको आरोप छ । कार्यक्रममा उहाँले युवाहरुलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरु चिर्ने काममा लाग्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा युवा विद्यार्थीहरुले अध्यक्ष ओलीसमक्ष निर्वाचन र देश विकासबारेका विभिन्न जिज्ञासा राखेका थिए । उहाँहरुको जिज्ञासा सम्वोधन गर्दै उहाँले कुनै पनि पार्टीले कस्तो भुमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने भन्दै एमालेका कार्यक्रम र सिद्धान्तहरु जनतासम्म पुर्याउन सुझाव पनि दिनुभयो ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट