logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • ३४ वर्षसम्म झुक्याए, यस वर्ष उनीहरूलाई झुक्याइदिनू : रवि लामिछाने

    1KShares
    ३४ वर्षसम्म झुक्याए, यस वर्ष उनीहरूलाई झुक्याइदिनू : रवि लामिछाने

    चिनवत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेसम्म झुक्याउँदै आएका नेतालाई यस पटक जनताले झुक्याउनुपर्ने बताएका छन्। शनिबार चिनवत–२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले कुनै राजनीतिक दलले पैसा दिएमा खाइदिन आग्रह गरे। उनीहरूले दिएको पैसा खाँदा केही फरक नपर्ने उनको भनाइ थियो।

    ‘मासुभातको पैसा, बाँड्न गएको पैसा, उसको भए त सम्पत्ति घट्न पर्थ्यो नि। बढेको छ, हाम्रै पैसा हो, खाइदिने नि,’ लामिछानेले भने, ‘हाम्रो अस्पताल राम्रो नबनाएर ठगेको पैसा खाइदिनुस्, हाम्रो स्कुलमा शिक्षा नदिएर लुटेको पैसा खाइदिनुस्। राम्रो बाटो, पुल, नहर नबनाएको पैसा हो खाइदिनुस्। तर भोट चाहिँ घण्टीमा हालिदिनुस्।’

    अन्य दललाई यस पटक झुक्याउने लामिछानेले आग्रह गरे। ‘अंग्रेजीमा टिट फर ट्याट भन्छ। ३४ वर्षसम्म झुक्याए, यस वर्ष उनीहरूलाई झुक्याइदिनू,’ लामिछानेले भने।

    भोट माग्न आउनेलाई नाइ नभन्न र पछि आफ्नो अनुसार मतदान गर्नुपर्ने उनको भनाइ थियो। लामिछानेले भने, ‘घरमा आउँछन्, यसपटक पनि हामीलाई है भोट भनेर के के भन्छन्। झुटको दोकान खोल्नेलाई मैले के सिकाउन पर्छ र! त्यतिखेर तपाईंले भन्ने के भने तपाईंलाई नै हो भोट भन्दिनुस्, तपाईं नै हो भन्दिनुस्। गर्ने बेला के हो मैले किन भन्नु।’



    फास्ट न्युज    
  • २०८२ फाल्गुन ९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट