logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • कोलम्बियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

    1.1KShares
    कोलम्बियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

    काठमाडौं । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको मृत्यु भएको छ ।सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन गर्ने कम्पनी हो । कम्पनीले घटनास्थलमा उद्धार टोली पठाइएको बताएको छ ।

    विमान एचके ४७०९ उडान स्थानीय समयअनुसार बुधबार बिहान ११ः४२ मा राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको थियो । ओकाना पहाडहरूले घेरिएको स्थान हो । एयरलाइन्सका अनुसार सानो विमानमा दुई चालक दलका सदस्य र १३ यात्रु सवार थिए।



    फास्ट न्युज    
  • २०८२ माघ १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट