logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • प्रतिनिधिसभा सदस्य निर्वाचन: ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै

    925Shares
    प्रतिनिधिसभा सदस्य निर्वाचन: ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै

    काठमाण्डौ – प्रतिनिधिसभा सदस्यका लागि १६५ निर्वाचन क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी परेको छ । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २ सय ९७ र स्वतन्त्र १ हजार १ सय ८७ जनाले हिजो मनोनयन दर्ता गराएका हुन् ।

    कूल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८ र महिला ३ सय ९५ र अन्य समूहका एक महिला रहेको निर्वाचन आयोगले जनाएको छ । नाम फिर्ता लिने र दाबी विरोधको प्रकृयापछि उम्मेदवारको सङ्ख्या केही घट्न सक्छ ।

    निर्वाचन आयोगको तथ्याङ्क अनुसार उमेर समूहतर्फ ३६ देखि ५० वर्षका उम्मेदवार धेरै छन् । ३६ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका १ हजार ६ सय १० जना उम्मेदवार रहेकोमा २५ देखि ३५ वर्ष उमेर समूहका ५ सय ८३ जना छन् ।

    त्यस्तै ५१ देखि ६५ वर्षसम्मका उम्मेदवारको सङ्ख्या १ हजार ९० रहेको छ । ६५ वर्ष माथिका उम्मेदवारको सङ्ख्या २०१ जना रहेको छ । यस्तै प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने संवैधानिक प्रावधान भए पनि प्रत्यक्षतर्फ महिला उम्मेदवार न्यून रहेका छन् । कुल ३४ सय ८४ जनाले मनोनयन दर्ता गर्दा ११.३४ अर्थात् ३ सय ९५ मात्र महिला उम्मेदवार रहेको छ ।

    महिलालाई समानुपातिक कोटामा सीमित गर्ने अभ्यास यसपटक पनि दोहोरिएको छ । दलहरूले ३३ प्रतिशत प्रतिनिधित्वको संवैधानिक व्यवस्थालाई समानुपातिकतर्फबाट परिपूर्ति गर्दै आएका छन् ।

    पछिल्लो सूचीअनुसार कांग्रेस र नेकपाले जम्मा ११/११ जना र एमालेले १० जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १७ जना महिलालाई समेटेको छ । अरू प्रमुख दलको तुलनामा रास्वपाले केही धेरै महिला समेटेको हो ।



    फास्ट न्युज    
  • २०८२ माघ ७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट