logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम

    1.1KShares
    स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम

    काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा पहिलो पटक २ लाख ८० हजारको आँकडा पार गर्दै सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    अघिल्लो दिन अर्थात् आइतबार भने एक तोला सुनको मूल्य २ लाख ७८ हजार ८ सय कायम थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १८५ रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी आज प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार हुँदैछ ।



    फास्ट न्युज    
  • २०८२ माघ ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट