logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा सत्यता छैन: सचिवालय

    985Shares
    देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा सत्यता छैन: सचिवालय

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ । सभापति देउवा भृकुटीमण्डपमा आज जाने सूचनाबारे केही व्यक्तिहरूले सामाजिक सञ्जालमा भ्रम फेलाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।

    ‘सामाजिक सञ्जालमा केही व्यक्तूरुले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ । उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं,’ देउवाको सचिवालयले भनेको छ ।

    विशेष महाधिवेशन पक्षधरले आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेको छ । जस अन्तर्गत आज बिहान १० बजेदेखि बन्द सत्र कार्यक्रम सुरु गर्ने कार्यतालिका छ । बन्द सत्रका लागि तयारी भइरहेको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट