logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • काठमाण्डौको तापक्रम यसवर्ष हिउँद शुरू भएयताकै कम

    1.1KShares
    काठमाण्डौको तापक्रम यसवर्ष हिउँद शुरू भएयताकै कम

    काठमाण्डौ । आज काठमाण्डौको न्यूनतम तापक्रम यसवर्षको हिउँद याम शुरू भएयताकै कम भएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाण्डौको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सीयस मापन गरिएको छ ।

    हिजो काठमाण्डौको तापक्रम ३.३ डिग्री सेल्सीयस थियो । आज सवैभन्दा कम तापक्रम जुम्लामा मापन भएको छ । जुम्लाको न्यूनतम तापक्रम माईनस ६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । डडेलधुरा, दीपायल, सुर्खेतलगायतका ठाउँमा पनि तापक्रम काठमाण्डौभन्दा कम रहेको छ । जोमसोम, जिरी लगायतका हिमाली भेगको तापक्रम माइनसमा झरेको छ ।

    अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई र पहाडी भेगका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ भने दिउँसो पनि तराईका धेरै ठाउँमा अवेरसम्म हुस्सु र कुहिरो रहेने महाशाखाको भनाइ छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।

    तराई भूभागमा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । तापक्रम घटेसँगै देशभर चिसो बढेको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष २५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट