काठमाडौं। नेपाली कांग्रेसमा विवादका बीच आज विशेष महाधिवेशन आह्वान हुँदैछ ।विशेष महाधिवेशन पक्षधरले गठन गरेको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले आज प्रतिनिधिहरूलाई विशेषका लागि आह्वान गर्न लागेको हो ।
यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुनेछ।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिलेसम्म विशेष महाधिवेशन पक्षमा छैनन्।पुस १८ को केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा वैशाख मसान्तमा १५ औं महाधिवेशन तोकेको थियो।
त्यसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका थिए।५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए। तर त्यसअनुसार प्रक्रिया अघि बढेको थिएन।
विधानको धारा १७ को २ अनुसार हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ। विधानको यो व्यवस्था बाध्यकारी रहेको बताउँदै महामन्त्रीद्वयले विशेष महाधिवेशन हुने बताइरहेका छन्।
विशेष पक्षधरले महाधिवेशनका लागि यसअघि नै भृकुटीमण्डप ‘बुकिङ’ गरिसकेको छ ।
सचिवालयले विशेष महाधिवेशनका लागि विभिन्न समितिहरू पनि गठन गरिसकेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया