logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • वरिष्ठ पत्रकार एवम् कवि ठाकुर बेलवासेलाई पितृशोक

    1.5KShares
    वरिष्ठ पत्रकार एवम् कवि ठाकुर बेलवासेलाई पितृशोक

    काठमाडौं । वरिष्ठ पत्रकार एवम् कवि ठाकुर बेलवासेलाई पितृशोक परेको छ। उहाँका पिता ईश्वरी प्रसाद बेलवासेको ८६ वर्षको उमेरमा आज (शुक्रबार) निधन भएको हो।

    दिवंगत हुनु भएका ईश्वरी प्रसाद केही वर्षदेखि फोक्सोसम्बन्धी समस्याका कारण बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ।

    उहाँका श्रीमती र तीन छोरा हुनुहुन्छ । जेठा छोरा विष्णु बेलबासेको भने १५ वर्षअघि निधन भएको थियो । उहाँको माइलो छोरा गोपाल बेलबासे कवि हुनुहुन्छ । ईश्वरी प्रसादको आज बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ ।



    फास्ट न्युज    
  • २०८२ पुष १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट