logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा भृकुटीमण्डपमा हल बुकिङ

    964Shares
    कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा भृकुटीमण्डपमा हल बुकिङ

    काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको लागि भन्दै हल बुकिङ गरिएको छ । विशेष महाधिवेशन पक्षधरले बुधबार भृकुटीमण्डपमा पुगेर हल बुकिङ गरेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।

    ‘हिजो (बुधबार) हल बुकिङ गरियो । आज अन्य प्रक्रिया मिलाइँदैछ’ उनले भनिन् ।कांग्रेसमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतले विशेष महाधिवेशनलाई जोड दिँदै आएका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका थिए ।

    नियमित महाधिवेशनको मिति तोकिए पनि नहुने पक्का भइसकेपछि महामन्त्रीहरूले विशेष महाधिवेशन बाध्यकारी भएको बताएका छन् ।



    फास्ट न्युज    
  • २०८२ पुष १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट