logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • सुनचाँदीको भाउमा लागतार कीर्तिमान : सुनको भाउ तोलाको २ लाख ७० हजार नाघ्यो

    1KShares
    सुनचाँदीको भाउमा लागतार कीर्तिमान : सुनको भाउ तोलाको २ लाख ७० हजार नाघ्यो

    काठमाण्डौ । सुनचाँदीको भाउले आइतबार पनि कीर्तिमान कायम गरेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार पनि सुनको भाउले कीर्तिमान बनाउँदै तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

    यस्तै आइतबार चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी  तोलामा २ सय ७० रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रबार पनि चाँदीको भाउले कीर्तिमान बनाउँदै तोलाको ४ हजार ५ सय ६५ रुपैयाँ कायम थियो ।



    फास्ट न्युज    
  • २०८२ पुष १३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट