logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • कस्तो छ आजको मौसम ?

    1KShares
    कस्तो छ आजको मौसम ?

    काठमाडौं । काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ ।तापक्रम घट्दै जाँदा चिसो बढ्दै जान थालेको छ । अबका केही दिन चिसो थप बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।पश्चिमी वायुसँगै आएको जलवाष्पयुक्त हावाका कारण चिसो हुने भएको हो । बिहान बाक्लो हुस्सु तथा कुहिरो लाग्ने र अबेरसम्म घाम नलाग्दा चिसो हुने उनको भनाइ छ ।

    यसैबीच, काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ५।५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ ।

    हिजो काठमाडौंको न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै कम ४।९ डिग्री सेल्सियस मापन गरिएको थियो ।तराईका अधिकांश स्थानमा आज हुस्सु र कुहिरो लागेको छ । “पूर्वी तराईमा भन्दा पश्चिम तराईमा धेरै हुस्सु र कुहिरो लागेको छ ।

    पश्चिमी वायुका कारण केही दिन चिसो थप बढ्ने भएको छ । पश्चिमदेखि पूर्वी तराईसम्म चिसो बढ्ने भएकाले थप सतर्क हुनुपर्ने बताइएको छ ।
    पश्चिमी वायुसँगै आएको जलवाष्पयुक्त हावाका कारण चिसो हुने भएको हो । बिहान बाक्लो हुस्सु तथा कुहिरो लाग्ने र अबेरसम्म घाम नलाग्दा चिसो हुने अबस्था आएको हो ।



    फास्ट न्युज    
  • २०८२ पुष ९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट