logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • यस वर्ष जापानिज इन्सेफ्लाइटिसबाट ३५ जनाको मृत्यु

    1KShares
    यस वर्ष जापानिज इन्सेफ्लाइटिसबाट ३५ जनाको मृत्यु

    काठमाडौं।जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार १७९ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण भएको थियो।

    यस वर्ष जापानिज इन्सेफ्लाइटिसका एक हजार ७३९ शङ्कास्पद बिरामीको परीक्षण गरिएको उनले बताए। जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण एक पटक भएपछि अर्को पटक नभए पनि शङ्कास्पद बिरामीलाई भने अर्को पटक जापानिज इन्सेफ्लाइटिस हुन सक्ने उनको भनाइ छ।

    गत वर्ष सन् २०२४ मा २५ जनाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको थिए। उनले बर्सेनि जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको बताए। जापानिज इन्सेफ्लाइटिस्बाट २८ जिल्ला उच्च जोखिममा छन्।

    मृत्यु हुने अधिकांश ४० वर्ष माथिका छन्। उनले मृत्यु भएकामध्ये नौ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको बताए। गौतमले चिसो बढेकोले अब भने जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण कम हुने बताएयो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ। नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप लगाइएको छ।

    जापानिज इन्सेफ्लाइटिस ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो। यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ।



    फास्ट न्युज    
  • २०८२ पुष ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट