logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • अमेरिकी डलरको भाउ स्थिर, अरू विदेशी मुद्राको अवस्था कस्तो ?

    1.1KShares
    अमेरिकी डलरको भाउ स्थिर, अरू विदेशी मुद्राको अवस्था कस्तो ?

    काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर छ । युरोको भाउ भने आज बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । आइतबार पनि डलरको भाउ यही नै थियो ।

    यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा छ । आइतबार युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा थियो । युके पाउण्ड स्टर्लिङको भाउ भने आज केही बढेको छ । आज पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८५ पैसा छ । आइतबार पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा थियो ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट