logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • बिहार विधानसभा निर्वाचन : मतगणनामा नीतिश-भाजपा गठवन्धनको अग्रता

    1.1KShares
    बिहार विधानसभा निर्वाचन : मतगणनामा नीतिश-भाजपा गठवन्धनको अग्रता

     काठमाडौं । बिहारको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना आज बिहानदेखि सुरु भएको छ ।२४३ सिटका लागि भएको निर्वाचनको मतगणनाको प्रारम्भिक रुझानमा नीतीश कुमारको नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स  (एनडीए) र तेजस्वी यादवले नेतृत्व गरेको महागठबन्धनबीच प्रतिस्पर्धा छ ।
    अहिलेसम्म सबै २४३ सीटका प्रारम्भिक रुझान आउँदा बिहारमा नीतिश कुमारको पार्टी अगाडि देखिएको छ । उनले नेतृत्व गरेको एनडीए गठबन्धन १६० सीटमा अगाडि देखिएको छ । एनडिएमा भाजपा, जनता दल युनाइटेड, लोजपा लगायत दल छन् ।

    तेजस्वी यादव नेतृत्वको महागठबन्धन ७९ सीटमा अगाडि छ । महागठबन्धनमा राष्ट्रिय जनता दल (राजद), कांग्रेस, सीपीआई (एमएल) लगायत दल छन् ।सिट हेर्दा जनता दल युनाइटेड (जदयु) ७५ र भारतीय जनता पार्टी (भाजपा) ७० सीटमा अगाडि छन् ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट