काठमाडौं । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलको चेम्बरभित्र थुनिएका सांसदहरू दुई घण्टापछि बाहिर निस्किएका छन् । उनीहरूलाई प्रहरीले सुरक्षा दिएर निकालेको हो ।
सात दलका संसदले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेसँगै प्रदेशसभाभित्र कोलाहल भएको थियो । सभामुखको सचिवालयभित्रै एमाले र सात दलका सांसदहरुबीच तनावको स्थिति उत्पन्न भयो ।
सभामुख स्वयम्ले तीन जना सांसदलाई हात हालेको आरोप लागेको छ । बाहिरबाट प्रहरीले ढोका थुनिदिएको थियो । त्यसपछि थप प्रहरी आएर सांसदहरूलाई निकालेको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया