logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • फागुन २१ गते निर्वाचनमा सहभागी नभए व्यवस्था नरहने खतरा: कांग्रेस नेता निधि

    1.1KShares
    फागुन २१ गते निर्वाचनमा सहभागी नभए व्यवस्था नरहने खतरा: कांग्रेस नेता निधि

    काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था नरहने खतरा औंल्याएका छन्।कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकमा उनले २४ भदौको घटना बुझेर राजनीतिलाई राम्रोसँग सञ्चालन गरेर चुनावमा नगए व्यवस्था नहरने खतरा औंल्याएका हुन्।

    ‘भदौ २४ गतेलाई बुझेनांै र राजनीतिलाई राम्रोसँग सञ्चालन गरेनौं र चुनावमा गएनौं भने व्यवस्था नै रहँदैन,’ बैठकमा नेता निधिले राखेको धारणा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने। उनका अनुसार नेता निधिले २४ भदौको घटनालाई दर्दनाक र शर्मनाक राजनीतिक घटना भनेका छन्। निधिले देश र लोकतान्त्रिक व्यवस्थाका लागि कांग्रेसको महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण भएको पनि बताए।

    ‘देश र लोकतान्त्रिक व्यवस्थाका लागि कांग्रेसको महाधिवेशन महत्वपूर्ण छ कि लोकतन्त्र ट्रयाकमा ल्याउने आमनिर्वाचनरु,’ प्रश्न गर्दै उनले भने, ‘मलाई राजनीतिक रूपले निर्वाचन महत्वपूर्ण छ।’२३ भदौ बेलुकी बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा आफूले सभापति शेरबहादुर देउवासँग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर सरकारबाट बाहिरिने कुरा गर्न आग्रह गरेको पनि स्मरण गरे।

    ‘देश, व्यवस्था र कांग्रेस खतरामा छ, राजनीतिको नाडी छाम्दा त्यही देखिन्छ। सभापतिज्यूले ओलीजीलाई फोन गरेर कांग्रेस सरकारबाट बाहिर निस्कन्छ भन्नुस् र वक्तव्य निकालौं,’ बूढानीलकण्ठ बैठकमा आफूले तत्कालीन समयमा राखेको विषय स्मरण गर्दै निधिले भने। निधिले बूढानीलकण्ठ बैठकमा राजनीतिक निकासका लागि सर्वदलीय सरकारको छलफल सुरू गर्न पनि सुझाएको बताए। उनले प्रतिनिधिसभा निर्वाचन पछि कांग्रेसको महाधिवेशन हुनुपर्ने बताए।

     



    फास्ट न्युज    
  • २०८२ कार्तिक २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट