काठमाडौं।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट केन्द्रीय सदस्यहरू, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू र पूर्वजिल्ला सभापतिहरूसँग कुराकानी गरेका छन्।बालुवाटारस्थित विशालनगरमा रहेको सम्पर्क कार्यालयमा आज कोइरालाले केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र पूर्व जिल्ला सभापतिहरूसँग कुराकानी गरेका हुन्।
छलफलमा केन्द्रीय सदस्यहरू गोविन्दराज पोखरेल, टेकप्रसाद गुरूङलगायत थिए। साथै जिल्ला सभापतिहरू मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, रूपन्देही सभापति रामकृष्ण खाण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई र चितवन सभापति राजेश्वर खनाललगायत सहभागी रहेको एक नेताले जानकारी दिए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया