logo

२०८३ कार्तिक २४ सोमबार

logo
  • २०८३ कार्तिक २४ सोमबार
  • एसईई २०८३ मा समावेश हुनका लागि आवेदन खुला

    1.2KShares
    एसईई २०८३ मा समावेश हुनका लागि आवेदन खुला

    काठमामाडाैं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा कक्षा–१० (एसईई) २०८३ मा समावेश हुनका लागि आवेदन खुला गरेको छ । बोर्डले आज बुधबार सूचना प्रकाशित गर्दै नियमित परीक्षामा समावेश हुनका लागि आजदेखि आउँदो मङ्सिर २४ गतेभित्र रजिष्ट्रेशन फारम भर्न सकिने जनाएको छ ।

    शैक्षिक सत्र २०८२ मा कक्षा ९ मा साधारण, परम्परागत (संस्कृति/वेदविद्याश्रम/गुरुकुल/मदर्सा/गोन्पा) र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीका लागि एसईईमा समावेश हुनका लागि रजिष्ट्रेशन खुला गरेको हो । बोर्डले सम्बन्धित सबै विद्यार्थी, विद्यालय, पालिकाका शिक्षा महाशाखा/शाखा, शिक्षा विकास तथा समन्वय इकाई तथा शिक्षा विकास निर्देशनालयहरुलाई फारम भर्ने/भराउने सम्बन्धी जानकारी गराएको छ ।

    बोर्डका अनुसार परीक्षा फारम साधारण, परम्परागत तथा प्राविधिक धारतर्फका विद्यार्थीहरुले एसईई २०८३ मा समावेश हुनका लागि आफ्नो नाम दर्ता गर्ने प्रयोजनका लागि भरिने भएकाले यो फारम नभर्ने विद्यार्थीहरुले परीक्षामा सहभागि हुन पाउने छैनन् । परीक्षामा सहभागि हुनका लागि २०८३ चैत मसान्तसम्म १४ बर्ष पूरा भएको हुनुपर्नेछ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट