काठमाडौं । तिहार बिदापछि सुनको भाउ लगातार घटेको छ । तिहारपछिको पहिलो कारोबारको दिन आइतबारदेखि घट्न थालेको सुनको भाउ बुधबार पनि घटेको छ । आइतबार तोलामा दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार र हिजो मंगलबार पनि घटेको थियो ।
त्यस्तै आज बुधबार सुन तोलामा ७ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको भाउ तोलाको दुई लाख ३७ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ भने बढेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय २० रुपैयाँ रहेकोमा आज तोलाको दुई हजार नौ सय ६५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ आइतबार तोलाको ३ हजार १५ रुपैयाँ थियो । हिजोको तुलनामा चाँदी आज तोलामा ४५ रुपैयाँले बढेको हो ।
गएको असोज ३१ गते सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च थियो । त्यस दिन सुन तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो । चाँदीको भाउ तोलाको तीन हजार तीन सय ५० रुपैयाँ थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया