logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • दुई वटा प्रणालीका कारण आज रातिदेखि वर्षा र हिमपात

    1.1KShares
    दुई वटा प्रणालीका कारण आज रातिदेखि वर्षा र हिमपात

    काठमाण्डाै । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागले पोस्ट मनसुनसम्बन्धी विशेष मौसम बुलेटिन निकालेर पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आउँदो दुई दिन मौसम प्रभावित हुने जानकारी गराएको हो ।

    विभागका अनुसार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक हिमपात र सबैजसो प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मध्यम खालको हिमपातको सम्भावना छ । अरब सागरमा बसेको प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँसहित बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा गराउने सम्भावना रहेको बुलेटिनमा भनिएको छ ।

    विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ । यसअघि पर्यटन विभागले हिमाली क्षेत्रमा पदयात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिसकेको छ भने मौसमविद्हरूले धानबाली काटेर खेतमा नछाड्न आग्रह गरेका छन् ।

    मौसमविद्हरुका अनुसार अरब सागरमा बनेको न्यून चापीय प्रणालीले देशको पश्चिमी क्षेत्रमा बढी प्रभाव पार्छ । सँगै यही बेला बङ्गालको खाँडीमा पनि अर्को प्रणाली विकसित भइरहेको छ । ‘मोन्था साइक्लोन’ नाम दिइएको यो प्रणालीले नेपालको पूर्वी क्षेत्रमा बढी प्रभाव पार्नेछ । विभागले आधिकारिक रूपमा जानकारी गराइनसकेको बङ्गालको खाँडीमा विकसित प्रणालीले बुधवार वा बिहीवारदेखि शनिवारसम्म बढी प्रभाव देखाउने सम्भावना रहेको मौसमविद्हरू बताउँछन् ।

    काठमाण्डौ उपत्यकासम्म वर्षा गराउने सम्भावना रहेको यो प्रणालीले पूर्व मधेश र कोशी प्रदशेमा मुसल्धारे वर्षा गराउने सम्भावना छ । पदयात्रा र धान भित्र्याउने किसानलाई असर पार्ने देखिए पनि वायु प्रदूषण कम गराउने, हिमालमा हिउँ पर्ने, जलस्रोतमा सहयोग पुग्ने र समग्रमा जमिनमा आद्रता कायम हुने भएकोले कृषिबालीमा फाइदा पुग्छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट