logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • महिला ५ हजार मिटर दौडमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

    1KShares
    महिला ५ हजार मिटर दौडमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

    काठमाडौं। साउथ एशियन एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत महिला ५ हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । उनले भारतको राँची, झारखण्डमा भइरहेको चौथो साउथ एशियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपको महिला ५ हजार मिटर दौडमा कांस्य पदक प्राप्त गरिन् ।

    यस्तै पुरुष ५ हजार मिटर दौडमा पनि नेपालका मुकेश पालले कांस्य पदक जितेका छन् । सन्तोषीले कान्छिमाया कोजुको नाममा रहेको १५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित कांस्य जितेकी हुन् । उनले निर्धारित दूरी १६ मिनेट ३६ दशमलव ६२ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाउन सफल भइन् ।

    कान्छिमायाले सन् २०१० मा चीनको ग्यान्झाउमा भएको एशियन गेम्समा बनाएको १६ मिनेट ४९ दशमलव ९८ सेकेण्डको कीर्तिमान सन्तोषीले तोडेकी हुन् । यस इभेन्टमा भारतीय खेलाडीले स्वर्ण र रजत जितेका छन् । साउथ एशियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका २६ खेलाडीको सहभागिता छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक ८, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट