logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित

    1.1KShares
    इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित

    काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ।
    ग्लोबल समितिको नयाँ कार्यसमितिको अध्यक्षमा बेल्जियम निवासी अर्जुन काफ्ले निर्वाचित भएका छन्।

    त्यसैगरी उपाध्यक्षहरूमा मित्रलाल पार्दे (पोल्याण्ड), राधी क्षेत्री (अमेरिका), राजमान तामाङ (डेनमार्क), कुल राज थापा (नेपाल) चयन भएका छन्। महासचिवमा प्रकाश तिवारी (आइसल्याण्ड), प्रवक्तामा आनन्दु लामा (अमेरिका), सचिवमा कृष्ण श्रेष्ठ (अमेरिका),
    कोषाध्यक्षमा रुपा न्यौपाने (नेपाल) र सह–कोषाध्यक्षमा कन्हैया सिंह परियार (अमेरिका) निर्वाचित भएका छन्।

    त्यसैगरी युरोप क्षेत्रीय समन्वय समितिको संयोजकमा सुनिल गुरुङ (जर्मनी), युरोप क्षेत्रीय संयोजकमा श्याम श्रेष्ठ (बेल्जियम), र उत्तर अमेरिका क्षेत्रीय संयोजकमा राहूल केसी (अमेरिका) चयन भएका छन्। महाधिवेशन कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष पुष्प बरुवाल रहे भने कार्यक्रमको सभापतित्व तत्कालीन अध्यक्ष रामचन्द्र थापाले गरेका थिए ।

    निर्वाचन समितिमा इनास ग्लोबलकी संरक्षकद्वय मिरा राणा र निता श्रेष्ठ, तथा ग्लोबल सल्लाहकार प्रदीप बोम्जन रहेका थिए ।निर्वाचन समितिका तर्फबाट निर्वाचन आयुक्त प्रदीप बोम्जनले नयाँ पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । कार्यक्रममा विभिन्न पदाधिकारीहरूले शुभकामना मन्तव्यका साथै प्रतिवेदनहरू प्रस्तुत गरे। उत्तर अमेरिका क्षेत्रीय समितिका संयोजक कन्हैया सिंह परियारले शुभकामना मन्तव्यसहित संक्षिप्त प्रतिवेदन प्रस्तुत गरे। महासचिव राजमान तामाङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कुलराज थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।

    त्यसैगरी कार्यक्रमको सञ्चालन तथा समन्वय समेत गरेका ग्लोबल प्रवक्ता तथा युरोप क्षेत्रीय संयोजक प्रकाश तिवारीले ग्लोबल प्रवक्ता तथा यूरोप क्षेत्रीय समितिको प्रतिवेदन प्रस्तुत् गरेका थिए। कार्यसम्पादनका आधारमा युरोप क्षेत्रीय समितिलाई उत्कृष्ट क्षेत्रीय समिति र इनास डेनमार्कलाई उत्कृष्ट राष्ट्रिय समिति घोषणा गर्दै प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो।

    त्यसैगरी, संस्थाको उद्देश्यअनुरूपका विविध कार्यक्रममार्फत नेपाली भाषा, कला तथा संस्कृतिको प्रवर्द्धन र सम्वर्द्धनमा पु–याएको योगदानको उच्च कदर गर्दै राष्ट्रिय समिति संयुक्त राज्य अमेरिकालाई प्रशंसा–पत्र प्रदान गरिएको छ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ३०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट