logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा ‘तत्काल सुधार कार्ययोजना-२०८२’ कार्यान्वयनमा

    1.1KShares
    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा ‘तत्काल सुधार कार्ययोजना-२०८२’ कार्यान्वयनमा

    काठमाडौं, असोज २९ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘तत्काल सुधार कार्ययोजना–२०८२’ कार्यान्वयनमा ल्याएको छ। जेनजी आन्दोलनपछिको परिवर्तित परिस्थितिमा सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज, सरल तथा प्रविधिमैत्री बनाउन मन्त्रालयले कार्ययोजना कार्यान्वयनमा ल्याएको हो ।

    नेपाल सरकारको मन्त्रिस्तरीय निर्णय अनुसार २०८२ साल असोज २९ गते स्वीकृत उक्त कार्ययोजना मन्त्रालय र यस अन्तर्गतका निकायहरूबाट प्रवाह हुने सेवाहरूमा तिव्र सुधार ल्याउने उद्देश्यले अघि सारिएको हो।

    उक्त कार्ययोजनामा उद्योग क्षेत्रसँग सम्बन्धित २० वटा, वाणिज्य क्षेत्रसँग सम्बन्धित ८ वटा तथा आपूर्ति क्षेत्रसँग सम्बन्धित ११ वटा गरी कुल ३९ वटा सुधारका क्षेत्रहरू समेटिएको छ। यी सुधारका कार्यहरू सम्बन्धित निकायहरूको वार्षिक बजेट तथा कार्यतालिकाको सीमाभित्र रहेर तय गरिएको माइलस्टोन र लक्ष्य प्राप्त गर्ने गरी अघि बढाइने मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार यस कार्ययोजनाको प्रभावकारी कार्यान्वयनले सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्नेछ। साथै, यसले उद्योग तथा व्यापार क्षेत्रलाई सहज वातावरण सिर्जना गर्दै आर्थिक समृद्धि र सुशासनको प्रत्याभूति दिलाउने अपेक्षा गरिएको छ।

    मन्त्रालयले लगानीमैत्री वातावरण निर्माण, व्यावसायिक सुरक्षा सुनिश्चितता, उत्पादन र उत्पादकत्व वृद्धिको प्रवर्द्धन, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन तथा सहज आपूर्ति व्यवस्थापनजस्ता महत्वपूर्ण पक्षहरूमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

    साथै, मन्त्रालयले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि मातहतका निकायहरू, निजी क्षेत्रका छाता संगठनहरू, वस्तुगत संघ–संस्थाहरू, उद्योगी–व्यवसायी, आम नागरिक तथा सम्पूर्ण सरोकारवाला पक्षहरूको सक्रिय र अर्थपूर्ण सहभागिताका लागि आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

     



    फास्ट न्युज    
  • २०८२ आश्विन २९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट