logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टै कार्यालयमा बस्न सरकारको निर्देशन

    1KShares
    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टै कार्यालयमा बस्न सरकारको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै बर्षातका कारण बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुन निर्देशन दिएको छ ।

    मन्त्रालयले जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र पठाउँदै विपद्को व्यवस्थापनमा जुट्न निर्देशन दिएको छ । राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था अनुसार गन्तव्यसम्म पुर्‍याउने सहजीकरण गर्ने र आवश्यकता अनुसार यात्रुहरुलाई स्थानीय तह तथा संघसंस्थाहरुसँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन समन्वय गर्न पनि निर्देशन दिएको छ ।
    राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित रुपमा गन्त्व् पुग्न सहयोग गर्न र बाटोमा अलपत्र परेका गर्भवती महिलाहरुको हकमा नजिकको बर्थिङ सेन्टरसम्म पुर्‍याउने व्यवस्था मिलाउन पनि गृहले निर्देशन दिएको छ ।

    बाढी, पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन पनि भनिएको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन १८, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार