logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • मतदाता नामावली संकलन सुरु, कार्तिक ३० गतेसम्म दर्ताको समय

    1.1KShares
    मतदाता नामावली संकलन सुरु, कार्तिक ३० गतेसम्म दर्ताको समय

    काठमाडौं । निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत खुला गरेको मतदाता नामावली संकलन सुरु गरेको छ ।आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरिएको आयोगले जनाएको छ ।

    आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदाको दिन बाहेक बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म नामावली दर्ता गर्न सक्नेछन् ।

    मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा कानुन बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्थाका अतिरिक्त विवाह भई अन्यत्र गएका, बसाइ सराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सकिने समेत व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

    निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन कार्य स्वतः निष्क्रय हुने प्रावधान छ । तर जेनजी पनि मताधिकारबाट बञ्चित नहोस् भन्ने उद्देश्य राखेर सरकारले अध्यादेश मार्फत बिहीबार मतदाता नामावली दर्ताको बाटो खोलेको हो ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट