logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • ५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    1.2KShares
    ५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौँ । आज नेप्सेमा वृद्धि भएको छ । मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेर रोकिएको छ ।आज ३२८ कम्पनिका १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।

    यद्यपी, अघिल्लो कारोबार दिन ९ अर्ब रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो । आज ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन् । जसमा सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी, एशियन हाइड्रो र हिम स्टार उर्जा रहेका छन् ।

    आज नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

    आज सेन्सेटिभ इन्डेक्स ९.०८ अंकले बढेको छ । फ्लोट इन्डेक्स ३.९० अंकले बढेको छभने सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०१ अंकले बढेको छ ।

    यस दिन  कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ ।निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्द बढी बढेको छ । तयसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट