logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • नवनियुक्त चार मन्त्रीले राष्ट्रपति पौडेलबाट लिए शपथ

    1.1KShares
    नवनियुक्त चार मन्त्रीले राष्ट्रपति पौडेलबाट लिए शपथ

    काठमाडौं । नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

    पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।

    सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् । अतिरिक्त स्वास्थ्य सचिव डा। संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो ।

    तर, मिश्राको भने अन्तिम समयमा आएर ‘होल्ड’ हुने भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

    प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थको उपस्थिति छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट