logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • खोटाङमा चाडपर्वलाई लक्षित गरी तोकिएको भन्दा बढी भाडा असुल्न निषेध

    1.2KShares
    खोटाङमा चाडपर्वलाई लक्षित गरी तोकिएको भन्दा बढी भाडा असुल्न निषेध

    खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्व नजिकिँदै गर्दा यातायात व्यवसायीलाई तोकिएको भन्दा बढी भाडा असुल्न कडाइका साथ रोक लगाएको छ।

    दसैँ, तिहार र छठ पर्वमा यात्रुको चाप बढ्ने अवसरमा मनपरी भाडा लिने गरेको गुनासो बढेपछि प्रशासनले यस्तो निर्देशन जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कल्पना श्रेष्ठका अनुसार तोकिएको दरभन्दा बढी भाडा लिन खोजे यात्रुले तुरुन्त प्रहरीलाई जानकारी दिनुपर्नेछ।

    प्रशासनले यात्रुहरूलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न भाडा नियमनमा विशेष ध्यान दिने बताएको छ। हरेक वर्ष चाडपर्वमा बढी शुल्क असुल्ने, क्षमताभन्दा बढी यात्रु चढाउने जस्ता समस्या देखिने भएकाले यसपटक कडाइपूर्वक निगरानी गर्ने निर्णय गरिएको हो।

    यसअघि प्रशासन र यातायात व्यवसायीबीच भएको बैठकअनुसार दिक्तेल–काठमाडौं मार्गको एकतर्फी बस भाडा रु. १,६१०, दिक्तेल–धरानको रु. १,५००, जिपमार्गमा दिक्तेल–काठमाडौं रु. २,००० र दिक्तेल–धरान–विराटनगर मार्गको रु. २,१०० कायम गरिएको छ। छोटो दूरीका सवारी साधनमा भने पहिल्यै निर्धारण गरिएको दरअनुसार मात्र भाडा लिनुपर्नेछ।

    भाडादर अनुगमनका लागि जिल्ला प्रशासन, ट्राफिक प्रहरी, उपभोक्ता हित संरक्षण समिति र यातायात व्यवसायी संघसहितको संयुक्त टोली खटाइने जनाएको छ।

    देशको हालको अवस्था विचार गरेर भाडा पुरानै दरमा कायम गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिएका छन्। जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनमा यात्रु ठगिएको गुनासो बढी आउने भएकाले प्रशासनले यसपटक विशेष निगरानी गर्ने तयारी गरेको हो।



    फास्ट न्युज    
  • २०८२ आश्विन ५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट