काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा फागुनमा हुने निर्वाचनका लागि आवश्यक सहायता र पुनर्निर्माणलगायतका विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि मोदीले सामाजिक सञ्जालमार्फत र सार्वजनिक कार्यक्रममा कार्कीलाई बधाई दिएका थिए । भारतीय विदेश मन्त्रालयले समेत नेपालमा भएको राजनीतिक परिवर्तनको स्वागत गर्दै नेपालमा शान्ति र स्थिरता कायम गर्न भारत निरन्तर सहयोग गर्ने जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया