काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग र समय बुझेर मार्ग प्रशस्त गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सन्देश पठाएका छन् ।
साउनमा कार्यकाल सकिने कुलमानलाई हटाएर तत्कालीन सरकारले हितेन्द्रलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । जेनजी आन्दोलनपछिको समय र जनताको आवाज बुझेर बाटो खुला गर्नुपर्ने घिसिङले बताएका छन् ।
एक सञ्चारमाध्यमसँगको संक्षिप्त टेलिफोन कुराकानीमा मन्त्री घिसिङले सबैले आफ्नो विवेक प्रयोग गरेर आजको मागअनुसार बाटो खुला गर्नुपर्ने भन्दै त्यसपछि मात्र विकल्प सोचिने बताएका छन् । आन्दोलनका क्रममा शाक्यको पनि घर आगजनी भएको छ ।
शाक्य जेनजी आन्दोलनअघि नै सरकारी कार्यक्रममा भाग लिन कोरिया गएका थिए । उनी आजै स्वदेश फर्किदैछन् । शाक्य आफैँले परिस्थिति बुझेर पद त्याग गरुन् भन्ने आशय मन्त्रीको रहेको निकट स्रोतले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया