काठमाडौँ, ३१ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ ।
असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ । असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत रहेको उहाँले सुनाउनुभयो ।
असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मङ्गलबार महाअष्टमी र कालरात्रि परेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार विजयादशमी परेको छ । असोज २० गते सोमबार सबै बलि दिइसक्नुपर्ने ९अखिलबलिपूर्ति० र त्यसै दिन कोजाग्रत पूर्णिमा परेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया