logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सेनाको आग्रह

    970Shares
    अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सेनाको आग्रह

    काठमाण्डौ । नेपाली सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । सेनाले चोक र गल्लीमा निस्किएका नागरिकलाई घरमै बस्न आग्रह गर्दै फर्काइरहेको छ । अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको सेनाले जनाएको छ ।

    अहिले काठमाण्डौ उपत्यकाका विभिन्न सडकमा नेपाली सेनाले गस्ती गरिरहेको छ । हिजो र अस्ति भएको जेनजी आन्दोलनका क्रममा जनधन तथा भौतिक संरचनामा भएको क्षतिसँगै गएराति १० बजेदेखि सेनालगायतका सुरक्षा निकाय परिचालन भएका छन् ।

    शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न समुदायलाई सेनाले आग्रह समेत गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र २५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट