logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • उपमेयर डंगोल स्वीटजरल्याण्डको जेनेभा प्रस्थान, युवा नेताहरूको विश्वव्यापी शिखर सम्मेलनमा भाग लिने

    991Shares
    उपमेयर डंगोल स्वीटजरल्याण्डको जेनेभा प्रस्थान, युवा नेताहरूको विश्वव्यापी शिखर सम्मेलनमा भाग लिने

    काठमार्डौै । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युवा नेताहरूको विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गरेकी छन्। सोमबार भदौ १७ गतेदेखि १९ सम्म द फोरम अफ योङ ग्लोबल लिडर्सले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि आयोजित सम्मेलन सहभागी हुन उपमेयर डंगोल जेनेभा गएकी हुन्।

    फोरममा ४० वर्षभन्दा कम उमेरका युवा नेताहरू उपस्थित हुनेछन्। जसमा शिक्षा, कला, खेल, व्यापार, नागरिक समाज, मिडिया, जनप्रतिनिधि, सामाजिक उद्यमशील लगायत क्षेत्रबाट प्रतिनिधित्व रहनेछ। सम्मेलनमा विभिन्न विधामा नेतृत्व गर्ने युवाहरुबीच आपसी संवाद र सञ्जाल निर्माण हुने जनाइएको छ।

    ‘युवा विश्व नेता चयन भइसकेपछिको यो पहिलो बैठक भएकाले यसले फरक परिवेशका सम्भावनाहरु जान्ने अवसर प्रदान उपमेयर डंगोलले सञ्चारमाध्यमहरुलाई जानकरी दिएकी छन् । ुयसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको विभिन्न विधाको नेतृत्व गर्ने युवाहरू एकै ठाउँमा हुनु भएको र विश्वको परिवेश बुझेर आफ्नो क्षेत्र अगाडि बढाउन परिपक्वता प्रदान गर्ने पनि उनले जनाइन् ।

    परिवर्तनशील संसारको नेतृत्वमा साहस, स्पष्ट मार्गचित्र र सामूहिक उद्देश्य सम्मेलनको अपेक्षित नतिजा भएको डंगोलले बताइन्। सम्मेलनमा उनको दुइटा प्रस्तुती रहनेछ।



    फास्ट न्युज    
  • २०८२ भाद्र १६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट