डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने अन्य तीन जनाको उपचार भइरहेको छ।
दुर्घटनाग्रस्त जिप भित्री कच्ची सडक खण्डबाट २५० मिटर तल खसेको थियो। धनगढी । डडेल्धुरामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ।
बिहीबार बिहान नवदुर्गा गाउँपालिका–५ स्थित चौडमा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। यस्तै दुर्घटनामा घाइते भएका ४२ वर्षका गणेशबहादुर साउदको पनि बिहीबार राति धनगढीको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक डम्बरबहादुर विष्टका अनुसार घाइते अरू तीन जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । यस्तै जिप चालक ३५ वर्षका रामबहादुर साउदलाई थप उपचारका लागि भारतमा लगिएको छ। यस्तै दुर्घटनामा घाइते ७ वर्षकी सुस्मिता पार्की डडेल्धुरा अस्पतालबाट डिस्चार्ज भएकी छिन्।
दुर्घटनामा परेर घटनास्थलमै ज्यान गुमाउनेहरूमा नवदुर्गा गाउँपालिका–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउँद रहेका छन्। ठाँटाबजारबाट जिल्ला सदरमुकामतर्फ आउँदै गरेको उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप भित्री कच्ची सडक खण्डबाट करिब २५० मिटर तल खसेको थियो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया