logo

२०८३ बैशाख २६ शनिबार

logo
  • २०८३ बैशाख २६ शनिबार
  • कोटेश्वर,जडिबुटीमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

    1.1KShares
    कोटेश्वर,जडिबुटीमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

    काठमाडौं।काठमाडौंमा गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका–३१ जडिबुटीको आकासे पुलनजिकै भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल–१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक पाचँकाल–२ होस्के घर भएका २३ वर्षका नितेश नेपाल रहेको प्रहरीले जनाएको छ ।

    उनीहरूको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।राति २ : ५० बजे जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१,००६ ख ४२४३ नम्वरको अरनिको यातायातमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर बसमा ठोक्किएर दुर्घटना भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ भाद्र १३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट