logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • काठमाडौं महानगरको अर्को कदम, संस्थागततर्फ घरबहाल कर पनि उठाउन थाल्यो

    970Shares
    काठमाडौं महानगरको अर्को कदम, संस्थागततर्फ घरबहाल कर पनि उठाउन थाल्यो

    काठमाडौं । काठमाण्डौ महानगरपालिकाले संस्थागततर्फको घरबहाल कर पनि आफैँले सङ्कलन गर्न थालेको छ । यसअघि संस्थागत घरबहाल कर सङ्घीय सरकारले पनि उठाएपछि अन्योल रहेकोमा सर्वोच्च अदालतले पालिकाको अधिकारका पक्षमा फैसला गरेपछि महानगरले संस्थागततर्फको घरबहाल कर पनि उठाउन आफ्ना वडा कार्यालयहरूलाई परिपत्र गरेको हो ।

    सर्वोच्च अदालतको संयुक्त इजलासको फैसला अनुसार बहाल कर सङ्कलन गर्नरगराउन सबै वडाहरूलाई निर्देशन दिँदै वडालाई पत्र पठाएको महानगरको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिनुभयो ।

    नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले घरबहाल कर उठाउने अधिकार पालिकालाई दिए पनि सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले २०७४ साल चैतमा संस्थागत बहाल कर आन्तरिक राजस्व कार्यालयमार्फत उठाउने निर्णय गरेको थियो । एउटै कर दुई फरक सरकारी निकायले उठाउँदा समस्या भएपछि यो मुद्दा अदालतमा पुगेको थियो ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट