काठमाडौं । यही भदौ २ देखि ९ गतेसम्म थाइल्यान्डमा हुने एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दुई जना नेपालीले भाग लिने भएका छन् ।
प्रतियोगिताको पुरुषतर्फ ८५ केजी समूहमा ग्रेस महर्जन तथा महिला एथलेटिक्स फिजिकमा उर्मिला श्रेष्ठ सहभागी हुँदैहुनुहुन्छ । पाँच सदस्यीय खेलकुद पदाधिकारी दुई सदस्यीय खेलाडीको व्यवस्थापनका निम्ति सोमबार ब्याङकक प्रस्थान गर्दैछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार यहाँ आयोजित एक कार्यक्रममा खेल पदाधिकारी र खेलाडीलाई सफलताको कामनाका साथ बिदाई गर्नुभयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया